कोशी प्रदेशको लगानी सम्मेलन आज प्रधानमन्त्रीले उद्घाटन गर्ने


विराटनगर ।  कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ ।पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।संघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।

पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

सम्मेलनलाई प्रभावकारी बनाउन कानुनी सुधार सम्मेलन सफल बनाउन कोशी प्रदेश सरकारले हालै ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ ।


प्रकाशित : २०८२ बैशाख १८, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित