पाकिस्तानी एफएममा भारतीय गीत प्रसारणमा प्रतिबन्ध


 काठमाडौं । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान प्रसारणकर्ता संघ पीबीएले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारण रोकेको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले यो देशभक्तिपूर्ण निर्णयले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताएको छ ।पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरारले भने-“म पीबीएको यो निर्णयको गहिरो कदर गर्छु । यसले देखाउँछ कि हामी देशको एकताको लागि एकसाथ उभिन्छौँ र यस्तो समयमा देशको आधारभूत भावनालाई समर्थन गर्छौं ।”


प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित