रवीन्द्र मिश्र अझै कम्तीमा ५ दिन हिरासत रहने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रहरी हिरासतमा रहेका उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहित केही व्यक्तिलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो । संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।मिश्रले संसद् भवन बानेश्वरतिर अघि बढ्न आन्दोलनकारीलाई उक्साएका थिए ।

रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ ।


प्रकाशित : २०८२ बैशाख २१, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित