आज सोमबार पनि सेयरबजारमा ९.६२ अंकले घटे


काठमाडौं । गत सातादेखि लगातार घट्न थालेको  सेयर सूचक आज सोमबार पनि बजारमा ९.६२ अंकअंकले घटेको छ।  लगातार पाचौं दिन पनि सेयर बजारमा   (नेप्से) ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा रोकिएको थियो ।

आज  सोमबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन्स सुपर म्युचअल फन्डको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।


प्रकाशित : २०८२ बैशाख २२, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित