नारायणगढ- बुटवल सडकको दाउन्ने क्षेत्र अबरुद्ध


नवलपुर । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज ९वैशाख २३० बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं इन्स्पेक्टर जनकराज बञ्जाराले जानकारी दिए । उनले पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइने जानकारी दिए।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यो खण्डमा सामान्य पानी पर्दा समेत बाटो पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।आउँदो असारसम्म यो खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन्।


प्रकाशित : २०८२ बैशाख २३, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित