नेप्से झिनो अंकले बढ्यो , १.०३ अङ्कले बढेर २६११.४३ बिन्दुमा पुग्यो


काठमाडौं । लगातारको पाँच दिनको गिरावटपछि मङ्गलबार सेयर बजारमा सामान्य सुधार आएको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो ।

आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।  । सोमबार सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ प्रतिशतले उकालो लागेको छ । बजारमा १२० कम्पनीको सेयर भाउ बढेको छ भने १२६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०३ र जलविद्युत उपसमूहको सूचक १.४० प्रतिशतले उकालो लागेको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।


प्रकाशित : २०८२ बैशाख २३, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित