स्वदेश फर्किइन् पूर्व प्रधानमन्त्री खालिदा जिया, राजनीतिक उथलपुथल बढ्ने


काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया लन्डनमा चार महिनाको उपचार पछि स्वदेश फर्किएकी छन् ।   मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छन् ।

उनकी बुहारी लगभग १७ वर्षपछि बंगलादेश आएकी हुन्। उनीसँग तीन जना निजी डाक्टर पनि थिए । उनलाई स्वागत गर्न बीएनपीका नेता तथा कार्यकर्ताहरू विमानस्थल नजिकै ब्यानर, पोस्टर र झण्डा बोकेर उभिएका थिए।


प्रकाशित : २०८२ बैशाख २४, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित