सुनको भाउ ६ सय रुपैयाँले बढ्दा, चाँदीकाे घट्याे


काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिक उकालो लाग्न थालेको छ । बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुन आज बिहीबार ६ सय रुपैयाँ बढेको हो ।

बुधबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : २०८२ बैशाख २५, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित