प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम आज निर्णयार्थ पेश हुने


काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज निर्णयार्थ पेश हुने कार्यक्रम हुने भएको छ ।बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम  निर्णयार्थ पेस हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

आइतबार नै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने पनि संसद् सचिवालयले जानकारी दिएको छ।

यसैबीच, नेकपा (एमाले)ले आज को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।


प्रकाशित : २०८२ बैशाख २८, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित