‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा


काठमाडौँ । जेठ २ गतेदेखि नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको भन्दै संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन् ।

संवादमा ३ सय ५० जना सहभागी रहने उनको भनाइ छ। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने उनले बताइन्।

सार्क, बिमस्टेक, वर्ल्ड बैंक, एडिबी, लस एण्ड ड्यामेज फण्ड, आईपीसीसी, यूएनएफसीसीसी, युएन ईएससीएपी, आईआरइएन, एल्पाइन कन्भेन्सन र विकास सहयता संस्था, विश्वविद्यालय, थिंकट्यांक, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायत विदेशी प्रतिनिधि तथा दर्जनौँ स्वदेशी संगठन संस्थाहरु यसमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले भनिन्, ‘नेपालका हिमालका बारेमा नेपाल मात्र होइन विश्वलाई नै चासो छ ।  किनभने नेपालको हिँउ पग्लिने हो भने सबैलाई समस्या हुन्छ । त्यसकारण यस संवादमा धेरै देशको प्रतिनिधि आउनुभएको छ । यो राजनीतिक फोरम होइन, त्यसकारण यसमा जलवायु परिवर्तन बाहेक अरुबारे छलफल गर्दैनौ । यस कार्यक्रमका बारेमा विगतका सरकारले पनि धेरै प्रयासहरु गरेका थिए । कार्बन र उर्जाको क्षेत्रका बारेमा र नेपालभित्र गर्नुपर्ने कानूनी कुराहरुको बारेमा पनि गम्भीर रुपमा कामहरु अगाडि बढि रहेको छ ।’

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको उनले बताइन्। सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुनेछ।


प्रकाशित : २०८२ बैशाख ३०, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित