सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो


काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।


प्रकाशित : २०८२ बैशाख ३०, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित