आजपामा गोलबन्द्हुदै सुकुम्बासीहरु


काठमाडौं । आम जनता पार्टी (आजपा)मा सुकुम्बासीहरु आबद्ध हुन थालेका छन् । नेपाल भूमीहीन सुकुम्बासी संघ र बिभिन्न पार्टीहरुमा आबद्ध सुकुम्बासी संगठनको मोर्चा संयुक्त सुकुम्बासी मोर्चा आजपामा प्रवेश गरेको छ ।

काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज (बुधबार) दुवै संगठनका पदाधिकारी एवं सदस्यहरुले आजपामा प्रवेश गर्दै सुकुम्बासी आन्दोलनलाई निर्णाय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनीहरुलाई पार्टीमा प्रवेश गराउदै लुटकारी दलतन्त्र र नेपालको पूँजी बिदेश लैजाने भगौडाबर्गको बिरुद्धमा हुने आन्दोलनसंगै अब उत्पीडित, अधिकार बिहिन, सुकुम्बासी, कबाडी, श्रेणीबिहीन कर्मचारीको हकअधिकार एवं आन्दोलनलाई निर्णय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मुलुक अहिले संकटमा छ । श्रमजीवि, उत्पीडित अधिकार विहिन सहितका बर्गहरु एकजुट भएर मुलुकलाई जोगाउँनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सुकुम्बासी बस्तीमा सुद्ध खानेपानी नदिनु सरकारले मानवता विरुद्धको अपराध गर्दैछ । सुकुम्बासीसंग कर लिने, मत लिने तर खाने पानी नदिने, बिजुलीबती नदिएर सरकारले मानवता विरुद्धको अपराध गदैछ,’ आजपा अध्यक्ष साहले भने, ‘बालुवाटार, ललिता निवास, पतञ्जलीको जग्गा आफ्नो नाममा गराउँने, बेचेर खाने तर सुकुम्बासीलाई जग्गा नदिने सरकारका बिरुद्धमा एकजुट भएर निर्णायक आन्दोलनमा जानका लागि जुटौं ।’

काम नगर्ने क्षेत्राधिकार बिहिन भुमी आयोगको काम नभएको बताउदै उनले आयोग कार्यकर्ता पाल्ने र जनता झुक्याउने मेलो बनेको बताए ।

नेपाल भूमीहिन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर योङया, महासचिव एमडी सतार, कोषाध्यक्ष बिन्दा कटुवाल, सदस्य कृष्ण सापकोटा, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका केन्द्रीय सचिव राम विष्ट लगायतका पदाधिकारी एवं सदस्यहरु आजपामा प्रवेश गरेका हुन् । उनीहरुलाई आजपा अध्यक्ष साहले टिका र खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् ।

आजपा सहअध्यक्ष तिलक थापामगर र सुकुम्बासी संगठनका पदाधिकारीहरुले एकता पत्रमा हस्ताक्षर गरेका छन् । आजपा प्रवेश गर्दै नेपाल भूमीहिन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले अहिलेसम्म २३ आयोग बन्यो तर सुकुम्बासीहरुले लालपुर्जा अझै पाउन नसकेको बताए ।


प्रकाशित : २०८२ जेष्ठ १, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित