निर्वाचन आयोगद्धाराअन्तिम मतदाता नामावली प्रकाशित


काठमाडौं। निर्वाचन आयोगले बुधबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले ०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई अद्यावधिक गर्दै मतदाता नामावली प्रकाशन गरेको हो ।

आयोगले यसअघि नामावलीमा त्रुटि भएको भए अनलाइन तथा निर्वाचन कार्यालयमार्फत सच्याउन सकिने जनाएको थियो ।

कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राखा तथा मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो ।

मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएको आयोगले जनाएको छ । आज बुधबारको निर्णयअनुसार आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।

आयोगको निर्णय बमोजिम महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ र अन्य मतदाता १८६ गरी तत्काल जम्मा १ करोड ८१ लाख ४८ हजार ६५४ को मतदाता नामावलीमा अन्तिम मतदाता नामावली कायम भएको छ ।
महिला मतदाता सात हजार६९९ र पुरुष मतदाता १२ हजार १२४ थप भई जम्मा १९ हजार ८२२ जना मतदाता थप भएका छन् ।


प्रकाशित : २०८२ जेष्ठ २, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित