प्रधानमन्त्री ओलीसँग प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर गरिने


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा अ‍ोली र सांसहरुबीच प्रश्नोत्तर हुने भएको छ ।  बिहान ११ः०० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सवालजवाफ हुने भएको हो । आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन् ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रकाशित : २०८२ जेष्ठ ७, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित