प्रि-ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से


काठमाडौं| साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।सेसनभर ३५ कम्पनीको कारोबार हुँदा १८ वटको मूल्य बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । सेसनमा २ हजार १५२ कित्ता शेयर किनबेच हुँदा १३ लाख ४१ हजार ७९५ रुपैयाँबराबरको कारोबार भएको छ ।


प्रकाशित : २०८२ जेष्ठ ९, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित