रुसको युक्रेनमा हवाइ आक्रमण, १३ जनाको ज्यान गयो


काठमाडौं । युक्रेनमा रुसले गरेको पछिल्लो हमलामा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ । ५६ जना घाइते भएका छन् । रुसले राजधानी कीएभसहित विभिन्न क्षेत्रमा २ सय ५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणका कारण थुप्रै आवासीय भवनमा आगलागी भएको छ । वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ ।

आक्रमणका कारण धेरैवटा आवासीय भवनमा आगलागी भएको बताइएको छ।  आक्रमणपछि प्रतिक्रिया जनाउँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा यस्ता आक्रमणहरूसँगै संसारलाई युद्ध लम्बिनुको प्रमुख कारण रुस नै हो भन्ने विश्वास अझ गहिरिँदै गएको बताउनुभएको छ ।


प्रकाशित : २०८२ जेष्ठ १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित