शिक्षकप्रति गरिएको सहमति विधेयकमा समेटिनुपर्छ : सांसद देवेन्द्र पौडेल


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं  पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा समिति बैठकमा बोल्दै शिक्षकहरु सँग सरकार ले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए। आईतबार बसेको बैठकमा पौडेलले शिक्षकहरुको विषयमा झुक्याउन नहुने भन्दै सहमतिलाई विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्छ भन्दै जोड दिए।आइतबार बसेको शिक्षा समिति बैठकमा बोल्दै उनले शिक्षकहरूसँग गरिएको सहमति विपरीत विधेयक ल्याएर झुक्याउने काम अनुचित भएको स्पष्ट पारे।सांसद पौडेलले सरकार र शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमति विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने बताए।


प्रकाशित : २०८२ जेष्ठ १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित