बाजुरामा जिप दुर्घटना हुँदा नेपाल टेलिकमका प्रमुखसहित ३ को मृत्यु, २ जना घाइते


काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख प्राविधिक सहायक अधिकृत ४८ वर्षीय लोकबहादुर खड्का, जिप चालक ५७ वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी सुरक्षागार्ड ३५ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी इकवाल हवारीले जानकारी दिए ।

 


प्रकाशित : २०८२ जेष्ठ १४, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित