सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागमा पदस्थापन


काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् |  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको हो।

कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि त्यो ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो । आचार्य अवकास हुनु एकसाता पहिले नै शाहलाई सिफारिस गरिएको थियो। आफ्नो ब्याचबाट शाह एआईजी बन्ने पहिलो अधिकारी हुन्। उनका ब्याचका अरू प्रहरी अधिकृत डीआईजीसम्म मात्रै छन्।


प्रकाशित : २०८२ जेष्ठ १६, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित