पञ्जाबलाई हराउँदै बेंगलुरु आईपीएलको फाइनलमा


काठमाडौं। पञ्जाब किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

बेंगलुरुको जितमा ओपनर फिल साल्टले २७ बलमा ५६ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरे। मयंक अग्रवालले १९,कप्तान रजित पटिदरले १५ र विराट कोहलीले १२ रन थपे ।पञ्जाबका काइल जेमिसन र मुशिर खानले समान एक विकेट लिए ।त्यसअघि,टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १४.१ ओभरमा १०१ रन बनाएको थियो । पञ्जाबका मार्कुस स्टोइनिसले २६ रन जोडे ।अज्मतुल्लाह ओमरजाई र प्रभसिम्रनले समान १८ रन थपे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

जस हेजलवुड र सुयास शर्माले समान तीन विकेट लिए । एस दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले एक/एक विकेट लिए ।

हालसम्म उपाधि जित्न असफल बेंगलुरु आईपीएलको इतिहासमा चौथोपटक फाइनलमा प्रवेश गरेको हो ।


प्रकाशित : २०८२ जेष्ठ १७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित