बाँध फुटेर नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेपछि उनीहरू नदीको बीच भागमा रहेको टापुमा फसेका थिए।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमान्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले डुङ्गाको सहायताले उनीहरूलाई उद्धार गरेको हो।

नदीको बाँध फुट्दा गिट्टी बालुवा ओसारपसारमा प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको छ।


प्रकाशित : २०८२ जेष्ठ १७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित