कमल थापा र दीपक सिंहसहित ७ जना रिहा


काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।प्रहरीले उनीहरुलाइृ जिम्मा जमानीमा छोडेको हो ।  थापालाई भेट्न पुगेका राप्रपाका सांसद सिंहलाई पनि प्रहरीले प्रहरी परिसरबाटै पक्राउ गरेको हो । अन्य ५ जनालाई पनि प्रदर्शनकै क्रममा पक्राउ गरेको थियो ।

नारायणचौरबाट प्रदर्शन सुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीको निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि पक्राउ परेका थापालाई प्रहरी परिसर पुर्‍याइएको थियो ।  पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो ।छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन्।    पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।


प्रकाशित : २०८२ जेष्ठ १९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित