प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित


काठमाडौं ।प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेकाे छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान यथावत राखेको छ । बुधबार दिउँसो १ बजे बस्ने गरि डाकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले गरेको मुख्य दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले आफ्नो अडान नछाडेको हो ।

आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।

सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।

सभामुखको सचिवालयका अनुसार प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राख्दा सहमति नजुटेको सभामुखको सचिवालयले जनाएको छ।


प्रकाशित : २०८२ जेष्ठ २२, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित