सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँले घट्यो


काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रवार एक लाख ९३ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।


प्रकाशित : २०८२ जेष्ठ २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित