नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घटे


काठमाडौं । सेयर बजारको नेप्से परिसूचक  आज बिहीबार ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।कारोबार रकम भने बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।  बिहीबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । बिहीबार ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८९५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये फाइनान्स, हाइड्रो, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह घटेको छ ।


प्रकाशित : २०८२ जेष्ठ ३०, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित