“मुरझाएकाे प्रेम”


आज , सोच्दै हौला तिमी ,
आफूलाई , मैले टाढा राख्यौ भनेर
विभिन्न बहानामा, अनेकन् माध्यमबाट
तिमीलाई , बन्देज लगायौं होला भनेर
हैन नि , थाहा छ तिमी मलाई
औधी , माया गर्छौ भनेर ।
दृढ छौ , कुनै हालतमा आफूबाट
कसैगरी अलग राख्ने छुईन भनेर
तर विडम्बना , डर या अरु… ,
कसैले दिएको , अंदरूनी त्रास हो त्यो
मरै गए पनि , स्पष्ट व्यक्त गर्न , नचाहेको
के काे नफ्रत हो त्यो ।। दुःखी पनि छु आफै
तिमीलाई म प्रति , बितृष्णा जागेको देखेर
कामयाबी हरदम्, मिलोस् तिमीलाई
देओस् सबै , ती मनले चाहेको पुर्याएर
अन्यथा , नलिनु है कहिल्यै , मैले
तिमीलाई निषेध गरे छु भनेर ।
यसको , मुख्य कारण एकै
आवरणमा तिम्रो
कुनै दाग नदेखियोस् नै भनेर
विश्वस्त छु  पूर्णता पाउने छौ
चालेका , हरेक चालहरूमा तिमीले ।
हरेस्  नखानु है कदापि
देखाउनु छ  अब्बल हरेक पलहरुमा अहिले ।
कथम कदाचित , तिरस्कृतै भई , कुनै पल्
बस्नु पर्ने भएछ भने माया । विचलित
नभई आउँनु है तिमी
पर्न दिने छुईन
कुनै अवहेलनाको छायाँ


प्रकाशित : २०८२ जेष्ठ ३०, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित