पर्सामा रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी भएको छ ।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो ।प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

यसअघि प्रहरीले अनुसन्धान सकेर एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले विस्तृत अध्ययन गरेपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो ।

लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।


प्रकाशित : २०८२ असार १, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित