नारायणघाट–बुटवल खण्डमा बाढीले एउटा बस बगायो, यात्रु सकुशल


नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।  प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो । तर, बस धेरै नबगेको र सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो । ३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५  नम्बरको बस विनयी खोलाको बाढीले गएराति बगाएको थियो । डाइभर्सनसँगै बाढीले बस बगाएको थियो ।

रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । दाउन्ने र दुम्कीबास क्षेत्र आसपास वर्षा भएपछि सडक हिलो र चिप्लो हुने समस्या देखिन थालेपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ ।


प्रकाशित : २०८२ असार ६, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित