निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गराउने


काठमाडौं- प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।निर्वाचन आयोगले काठमाडौँ मा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।
बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।आयोगले चाडपर्व—दशैं र तिहार—बाहेक, मतदाता सहभागिता अधिकतम हुने समयलाई ध्यानमा राखेर मिति तय गरेको हो ।


प्रकाशित : २०८२ असार १६, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित