महिला युरोपियन च्याम्पियनसिप स्पेन क्वार्टरफाइनलमा


काठमाडौं।बेल्जियमविरुद्ध ६–२ को सहज जित निकाल्दै फिफा विश्वकप विजेतासमेत रहेको स्पेनले यूईएफए महिला युरो–२०२५ मा क्वार्टरफाइनल यात्रा तय गरेको छ ।

सोमबार राति स्विट्जल्यान्डको स्टोकहर्न एरिनामा भएको खेलमा स्पेनलाई जित दिलाउन एलेक्सिया पुटेयसले दुई गोल गरिन् । एरेन पाराडेज, एस्थेर गोन्जालेज, मारिओना काल्डेन्टी र क्लाउडियो पेनाले समान एक–एक गोल थपिन् । बेल्जियमकी जस्टिन र हान्नाह युरलिंग्सले गोल गरे पनि टिमको हार टार्न सकिनन् ।
खेलमा स्पेनले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा बेल्जियमले एक गोल थप्दा स्पेनले चार गोल गरेको हो ।जितसँगै समूहको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनल यात्रा तय गरेको स्पेनले समूह ‘बी’मा दुई खेलबाट ६ अंक जोडेको छ ।


प्रकाशित : २०८२ असार २४, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित