महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा


काठमाडौँ । जारी महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो ।

जस अनुसार समुह ए बाट नर्वे र स्वीजरल्याण्ड, समुह बी बाट स्पेन र इटाली, समुह सी बाटस्विडेन र जर्मनी तथा समुह डी बाट फ्रान्स र इङल्याण्ड क्वाटरफाइनलमा पुगेका छन् ।

त्यस्तै समुह ए मा रहेका फिनल्याण्ड र आइसल्याण्ड, समुह बी बाट बेल्जियम र पोर्चुगल, समुह सी बाट पोल्याण्ड र डेनमार्क तथा समुह डी बाट नेदरल्याण्डस र वेल्स युरोकपबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा स्विडेन र इङल्याण्ड, नर्वे र इटाली, फ्रान्स र जर्मनी तथा स्पेन र स्वीजरल्याण्ड भिड्ने निश्चित भएको छ ।

क्वाटरफाइनलका खेलहरु बुधबारदेखि शुरु हुने छन् । स्वीजरल्याण्डमा जुलाई २ देखि शुरु भएको महिला युरो कप २७ जुलाई सम्म चल्ने छ । यस प्रतियोगितामा कुल १६ देशले भाग लिएका थिए ।


प्रकाशित : २०८२ असार ३०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित