आज कति छ सुनचाँदीको मुल्य ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ र तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको एक लाख ९३ हजार ३०० मा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको २२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित : २०८२ असार ३१, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित