अफताब आलमको फैसलाबिरुद्ध सर्वोच्चमा पुनरावेदन


काठमाडौं।  नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया अघि बढेको छ ।
सर्वोच्च अदालत मुद्दा शाखाका अनुसार मुद्दा दर्ता भने भइसकेको छैन । विसं २०६४ सालमा चुनाव जित्न घरमै बम बनाएको, बनाउँदै गर्दा विस्फोट हुँदा करिब १२ जना मानिस घाइते भएको र विस्फोटका घाइतेलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग आलममाथि थियो ।

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया अघि बढेको छ ।सर्वोच्च अदालत मुद्दा शाखाका अनुसार मुद्दा दर्ता भने भइसकेको छैन । विसं २०६४ सालमा चुनाव जित्न घरमै बम बनाएको, बनाउँदै गर्दा विस्फोट हुँदा करिब १२ जना मानिस घाइते भएको र विस्फोटका घाइतेलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग आलममाथि थियो ।

तर, धेरैजनाको हत्या भएको भनिए पनि मृत्यु दाबी भने रौतहटकै पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओशी अख्तर हराइरहेको भन्दै जाहेरी परेको थियो । उनीहरूलाई अन्य घाइतेहरूसँगै जलाएको अभियोग थियो ।

तर, अन्य मृतकबाट दाबी नपरेको र इन्सेकसहितको प्रतिवेदनबाट जलाएर हत्या गरिएको पुष्टि हुने र त्रिलोकप्रताप सिंह र ओशी अख्तर कहाँ छन् भनेर प्रतिवादीले देखाउन नसकेको भन्दै रौटहट जिल्ला अदालतले अफताबसहितलाई दोषी ठहर गरेको थियो ।

त्यही फैसलाबाट जेलमा रहेका आलम गत जेठ १४ मा उच्च अदालतको अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दामा आरोपितहरू मोहम्मद आलमसहितको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले नियमित प्रक्रियाअन्तर्गत सर्वोच्चमा पुनरावेदन गरेको हो ।


प्रकाशित : २०८२ श्रावण ३, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित