‘मातृभूमि हिरो’ अवार्ड एआइजी दान कार्कीलाई


काठमाडौँ — रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई प्रदान गरिएको छ ।रोटरी अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाई रोटरी क्लबका डिस्ट्रीक गभर्नर विनोद कोइरालाले सम्मानपत्र र मालालगाई सम्मान गरेका छन् । उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा स्वरुप सम्मान गरेको क्लबले जनाएको छ ।

विधिको शासन र कानुन कार्यान्वयनमा अतुलनिय भूमिका निर्वाहगरि कार्कीले सामाजिक सुव्यवस्था कायम गरेको रोटरी क्लब अफ मातृभूमि बालुवाटारको दावी छ। मातृभूमिले हरेक वर्ष परोपकारी कार्य गरी समाजमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ।

दशौँ पदस्थापनमा आयोजित सम्मान कार्यक्रममा रोटरीका पुर्वडिस्ट्रिक गभर्नर एवं पदाधिकारीहरु, सामाजिक एवं व्यवसायिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्मल ढकालको नेतृत्वमा नया समिति

रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अबको नेतृत्व युवा उधमी निर्मल ढकालले गर्ने भएका छन्। डेढ दशकदेखि परोपकारी कार्यमा क्रियाशील ढकालले क्लबको वर्ष २०२५-२६ को नेतृत्व गर्ने छन्।

कार्यक्रममा रोटरीका पूर्वडिस्ट्रिक गभर्नर एवं पदाधिकारीहरु, सामाजिक एवं व्यावसायिक क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो ।


प्रकाशित : २०८२ श्रावण ५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित