भेरीमा टिपर खस्यो, चालक सहित तीन बेपत्ता


सुर्खेत- भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।

चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए ।उनीहरुको अवस्था अज्ञात रहेको छ। बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए। बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८२ श्रावण ८, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित