कम्बोडियाको हमलामा थाइल्याण्डमा मृत्यु हुनेको संख्या १२ पुग्यो


काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्।

कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम-२१ रकेट प्रहार र गोली हानेर गरेको आक्रमणमा एक सैनिकसहित १२ नागरिकको मृत्यु भएको बताएको हो ।  थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले ३५ जना घाइते भएको जनाएको छ ।

थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ ।

सीमा बारे विवाद बढेपछि दुवै देश एक अर्कामाथि आक्रमणमा उत्रिएका हुन् । यो विवाद एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि शुरु भएको बताइएको छ ।

थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ । थाईल्याण्डको शिक्षा मन्त्रालयले थाईल्याण्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ । साथै थाइल्याण्ड कम्बोडियासँगको सबै सीमा नाकाहरू बन्द गरेको छ ।

कम्बोडियाले भने थाइल्याण्डको आक्रमणबाट भएको क्षति बारे जानकारी दिएको छैन ।


प्रकाशित : २०८२ श्रावण ९, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित