सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले भाग लिदै


काठमाडौँ । विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टिमले भाग लिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले विश्व एक्वेटिक्स च्याम्पियनसिपमा सहभागी हुन सिंगापुर जाने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् । जुलाइ ११ तारिखदेखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुनेछ ।

च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडीमा इर्भिन श्रेष्ठ १ सय र २ सय मिटर फ्रिस्टायल, अजलकाजी ताम्राकार ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइ, डुवाना लामा २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जन ५० र १ सय मिटर फ्रिस्टायल रहेका छन् ।

च्याम्पियनसिपमामा व्यवस्थापक विकास शर्मा तथा प्रशिक्षक प्रशिक्षक शंकर कार्की पनि जादै छन् ।

कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८२ श्रावण १०, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित