आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु


काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।अत्यधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो । उनका अनुसार १३२÷ ३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।


प्रकाशित : २०८२ श्रावण १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित