इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित


हेटौडा । इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएका दलकाे निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन । बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन ।

यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट दुवै नेता लामा र बानियाँबीचको विवादले अहिले बागमतीको सरकारनै विवादमा परेको छ ।

अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।


प्रकाशित : २०८२ श्रावण १५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित