काभ्रेमा छुट्टाछुट्टै स्थानमा चिप्लिएर दुईकोे मृत्यू


धुलिखेल।काभ्रेपलाञ्चोकका दुईजनाको बाटोमा चिप्लिएर मंगलबार मृत्यु भएको छ ।नमोबुद्ध नगरपालिका–७, सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।यसैगरी बेथानचोक गाउँपालिका–५, गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । हिजो स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उनको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८२ श्रावण १५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित