ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनोरो घरमै नजरबन्द


काठमाडौं।ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई सामाजिक सञ्जाल प्रतिबन्ध उल्लंघन गरेको आरोपमा घरमै नजरबन्दमा राख्ने आदेश दिएका छन् ।सोमबार आएको यो निर्णयले अदालत र दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोबीचको तनावलाई झन् चर्काएको समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो आदेश गत महिना सर्वोच्च अदालतले दिएको आदेशपछि आएको हो, जसमा पूर्व राष्ट्रपति बोल्सोनारोलाई इलेक्ट्रोनिक एंकल मनिटर लगाउन आदेश दिइएको थियो । यसका साथै, कारबाहीको क्रममा उनको गतिविधिमा निगरानी राख्न केही प्रतिबन्धहरू लगाइएको थियो ।

बोल्सोनारोलाई सन् २०२२ मा वामपन्थी उमेदवार लुइज इनासियो लुला दा सिल्भासँगको निर्वाचनमा पराजयपछि सत्ता कब्जा गर्ने योजना बनाएको आरोप लागेको छ ।


प्रकाशित : २०८२ श्रावण २१, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित