घुससहित नापी कार्यालय काठमाडौंका कर्मचारी पक्राउ


काठमाडौँ । काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ मा रहेको जग्गाको नयाँ पुर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका कर्मचारी पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौं महानगरपालिका-१३, चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा टोली खटाइएको थियो।

अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय  प्रमुखका दुई थान मोबाइल डिभाइस र सर्भेक्षकको मोबाइल पनि आयोगले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कुँवरमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।

 

 


प्रकाशित : २०८२ श्रावण २७, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित