एन्फा महिला लिग छनोटमा आज दुई खेल हुदै


काठमाडौं ।  आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुन लागेको हो । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् । समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ । प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।आज पहिलो दिन एफसी रियल र छहारी युवा क्लब तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुने एन्फाले जानकारी दिएको छ ।

यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

सहभागी मध्यबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने एन्फाले जनाएको छ।


प्रकाशित : २०८२ श्रावण ३०, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित