७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत


काठमाडौँ । भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाउँदैछ । अगस्ट १५ मा, प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् ।   सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरेको हो ।

यो दिन भारतको स्वतन्त्रता सङ्ग्राममा अहिंसात्मक आन्दोलन, सविनय अवज्ञा र देशभक्तिको भावनाका साथ अनगिन्ती स्वतन्त्रता सेनानीहरूले देखाएको एकता र बलिदानलाई सम्मान गर्ने अवसर हो। भारतमा स्वतन्त्रता दिवस देशभक्ति र एकताको भावनालाई बढवा दिने विभिन्न समारोह र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ। मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतीय प्रधानमन्त्रीले झन्डोत्तोलन गर्छन्। झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान बजाइन्छ।

‘विकसित भारत २०४७’ उदेश्यका साथ प्रधानमन्त्री मोदीले आज देशको विकाससँग सम्बन्धी आफ्नो भाषण दिनेछन् । आज पनि प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन्।लालकिलामा आयोजन हुने विशेष समारोहलाई ध्यानमा राखि दिल्लीको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।


प्रकाशित : २०८२ श्रावण ३१, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित