२७.१४ अंकले घट्यो नेप्से, ७ अर्ब ७३ करोडको कारोबार


काठमाडौं ।आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार भने नेप्से २.६२ अंकले बढेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।

यस दिन कुल ३१७ स्टकको ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.५५ अंकले घटेको छ ।

यस दिन आरबीबी म्युचअल फण्ड–१ को शेयर मूल्य ०.८१ रुपैयाँले बढेर ११.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अपर स्याङ्गे हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले बढेर ७३५.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन कालीका पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३४.६२ रुपैयाँले बढेर ६१५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, अपरहेवा खोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३३.३९ रुपैयाँले बढेर ६१३.४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ५१ करोड ६७  लाख र हिमालायन रिइन्सुरेन्सको ३५ करोड ५४ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रकाशित : २०८२ भाद्र १, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित