रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता


काठमाडौँ ।  आगामी १७  कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २७ राजनीतिक दलहरू मध्ये कानूनी रीत पूरा भएका तपसिल बमोजिमका २६ राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ( ४ ) बमोजिम दल दर्ता गरिएको जानकारी दिएको छ ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), मंगोल नेशनल अर्गनाइजेसन, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माक्र्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेसनल रिपब्लिक नेपाल दर्ता भएका छन् ।

यसैगरी, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल आयोगमा दर्ता भएका छन् ।


प्रकाशित : २०८२ भाद्र २, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित