घट्यो अमेरिकी डलरको मूल्य


  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा थियो।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ५२ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ २० पैसा र बिक्रीदर १०८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैैयाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १४ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।


प्रकाशित : २०८२ भाद्र ४, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित