नेपालको जीतमा सोमपालले लिए पाँच विकेट


काठमाडौं।अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।आफ्नो पाँचौं खेलमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित दर्ता गराएको हो।डार्बिनमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलवर्न २० ओभरमा १०६ रनमा अलआउट भयो।१६औं ओभरको पहिलो बलमा जय लेमिन १८ रनमा रनआउट भएका थिए। त्यसपछि सोमपालले यो ओभरको पाँचौ बलमा अर्जुन नयरलाई २६ रनमा बोल्ड गरे भने अन्तिम बलमा ओुनिललाई शून्यमा एलबिडब्लूको धराापमा पारे। यो ओभरमा ३ विकेट लिएको नेपालले ६ रन खर्चिएको थियो।

अन्तिम ओभरको अन्तिम दुई बलमा सोमपालले विकेट लिएपछि मेलवर्न अलआउट भएको थियो।बलिङमा नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए। उनले चार ओभरमा १७ रन मात्र दिए। यस्तै कुशल भुर्तेलले २ विकेट लिँदा २० रन खर्चिए।

मेलवर्नका लागि नयरले बनाएको २६ रन सर्वाधिक रह्यो।खेलको तेस्रो ‍ओभरमा मेलवर्नका ड्यान ब्रासरलाई २ रनमा बोल्ड गरेका सोमपाल कामीले १६औं ओभरमा उत्कृष्ट बलिङ गर्दा खेल नेपालको पक्षमा आयो।


प्रकाशित : २०८२ भाद्र ४, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित