नेपालको सामान्य कूटनीतिक मर्यादालाई पालना गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ: योगेश भट्टराई


काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरमाथि लागेका आरोप सामान्य नभएको टिप्पणी गरेका छन् ।विहीबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका भ्रमणमा छिन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै भट्टराईले उपसभामुख यसरी १७ पटक विदेश जानु असामान्य भएको बताए ।सभामुखको स्विकृति विना उपसभामुख विदेश भ्रमण जानु विषय आचारणको विषय भएको भन्दै उनले भने, ‘उपसभामुख विदेश भ्रमण गएको कुरा यो आचारणको विषय हो कि होइन, उपसभामुखले पालना गर्नुपर्ने विषय हो कि होइन ? यहाँ धारा ९१ प्रयोग गर्ने कि नगर्ने ? यी प्रश्नको जवाफ संसदले खोज्छ ।

उपसभामुख रानामगरमाथि उठेका यी प्रश्नहरूको जवाफ यो संसद्ले खोज्ने उनले बताए । संसद्का प्रत्येक सदस्यहरू, पदाधिकारीहरू अनुशासनमा बस्नु पर्छ । राष्ट्रको हितमा चल्नुपर्छ । नेपालको सामान्य कूटनीतिक मर्यादालाई पालना गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ ।’

भट्टराईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा रवि लामिछानेलाई नख्खु कारागारमा भेट्न गएको प्रसंग उल्लेख गर्दै आफ्नै सरकार हुदा संसदीय समिति गठन गरेर दोषी करार गरेको व्यक्तिलाई अहिले कारागारमा भेट्न गएर द्वैध चरित्र देखाएको आरोप लगाए ।


प्रकाशित : २०८२ भाद्र ५, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित