अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान पुनः सञ्चालनमा


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको हवाई उडान पुनः सञ्चालनमा आएको छ। हालैको Gen Z आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा मङ्गलबारदेखि बन्द रहेका सबै उडान आजदेखि पूर्ण रूपमा खुला गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै सुरक्षा समितिको निर्णयअनुसार तत्काल लागू हुनेगरी अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै उडान सुचारु गर्ने जानकारी दिएको छ। यात्रुहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान तालिका बुझ्न र आधिकारिक हवाई टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थलमा आउन आग्रह गरिएको छ।

यसैबीच, निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले पनि विज्ञप्ति जारी गर्दै बिहीबार बिहानदेखि आफ्ना सबै नियमित उडानहरू संचालनमा ल्याउने घोषणा गरेको छ।

सरकारले हवाई यात्राको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न थप प्रभावकारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ।


प्रकाशित : २०८२ भाद्र २५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित